Ancient Newa Water Spout Found at Bijeshwori

Ancient Newa Water Spout Found at Bijeshwori

source:
https://www.facebook.com/yaddhab.kayastha
मंगलबजार यल: देखी , बालाजु देखि ... स्वयम्भुदेखी चिकंमुगदेखी सम्पदा अभियन्ताहरु हिजो त साबेल पिक आदि लिएर शोभाभगवति नजिकै बिजयश्वरिमा आइ पुग्नु भो
हिति उत्खनन्को लागि
अब कसैले पनि हिति पुर्न पाइदैन भन्ने संदेश लिएर
सम्पदाको अर्थ बुझाउन
हितिको महत्व दर्शाउन
तर
यी सम्पदा संरक्षण गर्छु भनि स्थापना गरिएका प्रधानमंत्रीको कार्यालय देखी स्थानीय संघसंस्थाको घैटोमा घाम लाग्ने कहिले ??
Image may contain: 1 person, standing, walking and outdoorImage may contain: 2 people, people walking and outdoor




साभारः NewaOnline News

लकडाउनया इलय् ब्यसलय् ल्वंहिति लुत

नेवा: अनलाइन न्युज | २०७७ बैशाख २१, आइतबार १२:२९:४२
लकडाउनया इलय् येँया १५ वडाय् लाःगु ब्यसलय् ल्वंहिति लुगु दु ।
सम्पदा अभियन्ता यादवलाल कमयष्ठया नेतृत्वय् म्हीग ब्यसया पायचा थथे ल्वंहिति  दुगु जानकारी वयेवं उत्खन्न यायेगु झ्वलय् थथे ल्वंहिति लुगु खः । ल मवाच्वंगु अबस्थाय् लुगु उगु हितियात कयाः पुरातत्व बिभाग् जानकार बिइ धुंकुगु दुसा थौं कन्हय् दुने हे हितिया मूहान गन खः व ल गुकथं वयेके ज्यू उकियात कयाः अध्यन याइगु पुचः वयेत्यंगु खँ अभियन्ता कायष्ठ जानकारी ब्यूगु दु ।
Categorized in स्थानिय-समाज


Visit at found Spout 2020-0505



यो कोभिड-१९ मा सबै भन्दा आवश्यक भनेको नै पानी हो , पानी खाइरहनु पर्छ भनेको छ , हात धाेईरहनु पर्छ भनेको छ ..... राज्यले पानीको ब्यबस्था गर्न नसकेको जग जाहेर नै छ
मेलम्ची को नाम मात्रै सुनिरहेको २५ बर्ष भइसक्यो
काठमाण्डौ उपत्यकामा मात्रै हजारौं वटा हितिहरु छन्
जस्को अस्तित्व बिस्तारै समाप्त हुदै गईरहेको अवस्थामा
नेवा: ग्वाहलि पुच: ( १७ वडा ) ले आफ्नो न्युन श्रोत साधनमा उपत्यकाको कयौं ठाउंमा हिति उत्खनन् लगायत संरक्षणको काम गर्दै आइरहेको जग जाहेर नै छ
यसै सन्दर्भमा
नेवा; ग्वाहलि पुच: तथा नेवा: राजनीतिक अभियानका संरक्षक नेवा: बा डा० महेशमान श्रेष्ठ ज्यु तथा खानेपानी बोर्डका बरिष्ठ हाइड्रोलोजिष्ट अनुज खनाल ज्युको निरिक्षण
यथासिघ्र स्थानीय समुदायसंगको सहकार्यमा यस बिजयश्वरि स्थित हितिमा सम्भवत पुन: प्राकृतिक पानी नै आउने गरि संरक्षणको कार्य हुनेछ ।




Coverage in News24TVChannel

काठमाडौं महानगरपालिका वडा नम्बर–१५, विजेश्वरीमा ऐतिहासिक महत्वको ढुंगेधारा फेला - NEWS24 TV

काठमाडौं महानगरपालिका वडा नम्बर–१५, विजेश्वरीमा ऐतिहासिक महत्वको ढुंगेधारा फेला परेको छ । ऐतिहासिक र पुरातात्विक महत्वको मध्यकालीन ढुंगेधारा (हिति) विजेश्वरीनजिक बाटोको किनारामा फेला परेको हो । स्थानीयहरुले सो स्थानमा सर्प आएको देखेपछि उत्खनन् गर्दा करिब ५०० वर्ष पुरानो हिति फेला परेको हो ।








News Coverage in ImageKhabar.com

विजेश्वरीमा मध्यकालीन ‘हिति’ फेला (भिडियो)

news
नरेन्द्र मानन्धर र भरत केसी (इमेज)
काठमाडौं, वैशाख २३ । काठमाडौं महानगरपालिका वडा नम्बर–१५, विजेश्वरीमा ऐतिहासिक महत्वको ढुंगेधारा फेला परेको छ ।
ऐतिहासिक र पुरातात्विक महत्वको मध्यकालीन ढुंगेधारा (हिति) विजेश्वरीनजिक बाटोको किनारामा फेला परेको हो ।
स्थानीयहरुले सो स्थानमा सर्प आएको देखेपछि उत्खनन् गर्दा करिब ५०० वर्ष पुरानो हिति फेला परेको हो ।
व्यक्तिको जग्गामा रहेको सो हितिको रेकर्ड पुरातत्व विभागलगायत सम्बन्धित निकाय कसैसँग छैन । हितिमा अन्य मूर्ति र कलाकृतिहरु रहे/नरहेको खोजी भइरहेको छ ।
पुरातत्व विभागका पूर्वउपसचिव श्यामसुन्दर राजवंशी हितिमा पानी आउने सम्भावनाको खोजी गरेर पुनः सञ्चालनको प्रयास गरिने बताउँछन् ।
खानेपानीको चरम अभाव व्यहोरिरहेको उपत्यकामा रहेका यस्ता ढुंगेधाराहरुको खोजी गरेर पुनः सञ्चालन गर्नसकेमा पानीको आपूर्तिसमेत हुने र परम्परागत कला–संस्कृतिको संरक्षण गर्नसमेत मद्दत पुग्ने छ ।

अभियन्ता र स्थानीयनले उत्खनन गर्दा विजेश्वरीमा भेटियो ५ सय बर्ष पुरानो ढुंगेधारा


















अभियन्ता र स्थानीयनले उत्खनन गर्दा विजेश्वरीमा भेटियो ५ सय बर्ष पुरानो ढुंगेधारा

विविध

19Shares
facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
email sharing button Email
sharethis sharing button Share
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्र्तगत पर्ने विजेश्वरीमा ऐतिहासिक महत्वको ढुंगेधारा फेला परेको छ। अभियन्ता याद्दब लाल कायष्थका अनुसार स्थानीयहरुले विजेश्वरीनजिक बाटोको किनारामा पर्ने सो स्थानमा करिव ६ महिना अघि यस स्थानमा ढुंगेधारा रहेको जानकारी दिएका थिए । यसैको आधारमा अभियन्ता र स्थानीयको पहलमा लकडाउनको समयमा उत्खनन गरिएको र उत्खननका क्रममा करिव ५ सय बर्ष पुरानो उऐतिहासिक र पुरातात्विक महत्वको ढुंगेधारा (हिटि) फेला परेको जानकारी दिए ।
उत्खनन पश्चात पुरातत्व बिभागका पुर्व पुरातत्व बिद तथा नेपाल सरकारको उप सचिब श्याम सुन्दर राजबंशीले  सो ढुंगेधारा (हिटी) करिब ५०० वर्ष पुरानो र मध्यकालीन सभ्यता भएको बताए। त्यस्तै खानेपानी ब्यबस्थापन बोर्डका बरिष्ठ हाइड्रोलोजिष्ट अनुज खनालले पानी आउने गरि काम गर्ने जानकारी दिएका थिए ।
ढुंगेधारा व्यक्तिको जग्गामा रहेको सो हितिको रेकर्ड पुरातत्व विभागलगायत सम्बन्धित निकाय नरहेको र यससँग सम्बन्धित कलाकृति लगायतका विषयमा खोजी भइरहेको बताईैएको छ ।
अभियन्ता कायस्थ उपत्यकामा धेरै स्थानमा रहेको यस्ता ढुङ्गेधाराहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्छन । उनी उत्खनन र संरक्षण गरी पानी आउने सम्भावनाको खोजी गरीपुनः सञ्चालनको प्रयास गरिनुपर्ने बताँउछन । यस अभियानमा सम्बन्धित निकायले वेवास्था गर्दै आएको उनको भनाई छ ।
https://www.facebook.com/yaddhab.kayastha?__tn__=%2CdlC-R-R&eid=ARBVVAYe-LXYUYLqFI2NkJjs88tHcU7Euf5McIoihblVR6HFbj_EWubLXiDxWGDU00jnng4OOaPgUC0R&hc_ref=ARQB_8xVJ7wt9jYM3ECnBUB6iOAtSZqHMTb5DELa00afP2-t8ZQURPLu7rkq--Ou40Y&ref=nf_target
2020-05-10





Post 2020May12
नेवा: ग्वाहलि पुच: (१७ वडा ) को अथक प्रयास आज नेपाल सम्बत ११४० बछलागाः पञ्चमी तिथि मंगलवाः
का दिन खानेपानी ब्यबस्थापन बोर्डबाट ईन्जिनियर नै खटाएको छ     संरक्षणको लागि

ईष्टिमेटको लागि
त्यति मात्रै हैन
नेवा: ईन्साईक्लोपेडिया अति नै आदरणीय प्रा० डा० मानिकलाल श्रेष्ठका सुपुत्र सम्पदा प्रेमी सितु दाइ संमेत उत्खनन् गरेर भेटिएको मल्लकालिन हिति निरिक्षण गर्न आई पुग्नु भयो 🤗🤗




साह्रै खुशीको खबर
खा० पा० बोर्डका प्र०नि० संजिब बिक्रम राणाले रु. २५ हजार दिनु भएको छ हिति संरक्षणको लागि
मैले उक्त रकम तुरुन्तै बिजयस्वरी स्थित स्थानीय कृष्ण शाहिलाइ हस्तान्तरण गरें
आजबाट नै हिति संरक्षणको काम शुरु 🤗🤗🤗
पहिलो चरणमा यो हिति वरपरको माटो सबै निकालि हिति र हिति वरिपरिको स्वरुप निकालिने कार्य हुनेछ
यस कार्यमा त्यहि क्षेत्रका स्थानीय प्रयोग गरिनेछ
यसबाट स्थानीय स्तरमा थोरै भए पनि रोजगार श्रृजना हुने छ भने
स्थानीयमा सम्पदा प्रतिको माया पनि बढ्ने छ , अपनत्व हुनेछ ।


Post 2020-05-25

करिब २० /२५ बर्ष अघि नै पुरि सकेको काठमाण्डौ बिजश्वरि स्थित मल्लकालिन हिति
पहिलो चरणको सर सफाइको काम सम्पन्न ....

खानेपानी ब्यबस्थापन बोर्डबाट बजेट आए पछि लकडाउनको समयमा सम्पदा निर्माणको कार्य स्थानीयलाइ नै

जम्मा रु. २५ हजार बजेट भएकोमा

५ हजार रुपैयां जति सकेको छ
राज्य टावर सावर बनाउन लागिरहेको छ भने
अत्यनतै न्युन श्रोत साधन भएका हामी चैं
संसार मै कंहि नभएको हिति बनाउन तिर लागिरहेका छौं
अब टोल टोलको हिति संरक्षण हुनु पर्दछ



Post of 2020-05-28
Local residents are given opportunity to work by themselves and restore this excavated Hiti at Bijeshwori:








Advertisement

For all Minecraft Game Lovers: Young and Old
भिडियो स्वया दिसं

Comments